Incident Reports

हत्या आरोपमा तीन जना पक्राउ

2019-08-10

Province 1, Morang, Sundarharaicha

मोरङको सुन्दरहरैचाकी एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कर्यालय पथरीले सुन्दरहरैचा-१२ का ४१ बर्षीय कुमार अधिकारी, ३२ वर्षीया कविता अधिकारी र सुन्दरहरैचा -१ का २६ वर्षीया मुना दाहाललाई पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाले सुन्दरहरैचा -११, बेलेपुरका ३१ वर्षीया अन्जु खड्कालाई हत्या गरी कानेपोखरी जंगलमा लगेर झुण्डिएको आरोप लागेको छ। मृतकका श्रीमान गणेश खड्काले तीन जनाको नाममा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।  

कानेपोखरीपूर्व कृषिमार्ग बिहीबारे जाने बाटोमा राजमार्गदेखि २ सय मिटर दक्षिण गत साउन २५ गते शनिबार झुण्डिएको अवस्थामा खड्काको शव फेला परेको थियो । सुरुमा आत्महत्या गरेको भन्दै पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएपनि बैदेशिक रोजगारमा साउदीमा रहेका मृतकका श्रीमान गणेश खड्का नेपाल आएर तीन जनाले हत्या गरेर रुखमा झुण्डाएको भदौ २ गते सोमबार किटानी जाहेरी दिएका थिए।

इलाका प्रहरी कार्यालय पथरीका डिएपी लक्ष्मी अधिकारीका अनुसार मृतक खडकाले घर निर्माणको क्रममा आरोपी अधिकारीको हार्डवेयरबाट सामान लगेकी थिइन् । हार्डवयर सञ्चालकलाई रकम दिन बाँकी रहेको देखिएको र अन्य दुईज आरोपित भने मृतक अन्जुकोमा आउनेजाने नजिक देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

आरोपितहरूको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Morang

0 Comments

Related Reports