Incident Reports

प्रतिबन्धित नेकपाका पूर्व नेता गिरफ्तार

2019-11-27

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा महानगरपालिका–७ बस्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका पुर्व सदस्य ४५ वर्षीय कृष्ण घिमिरे ‘टिकाराम’लाई घरैबाट मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पोखरा मनपा–९ प्रदर्शनी केन्द्रस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा नजिकै बम विष्फोट भएपछि वडा प्रहरी कार्यलय बैदामको टोलीले घिमिरेलाई गिरफ्तार गरेको हो ।

वडा प्रहरी कार्यलय बैदामका डिएसपी कोमल साहले सोधपुछका लागी गिरफ्तार गरिएको बताउनुभयो । ‘सोधपुछका लागि गिरफ्तार गरेका हौँ । थप अनुसन्धान हुँदैछ ।’–साहले भन्नुभयो ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments