Incident Reports

बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा गिरफ्तार l

2013-12-05

Bidur Kumar Pyakurel सिन्धुपाल्चोक जिल्ला निवासी एक १६ वर्षीया बालिकालाई सामुहकि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई मङ्सिर २० गते गिरफ्तार गरेको छ । प्रहरीले ८/९ जनाको समूहले पीडित बालिकालाई मङ्सिर १९ गते मलंगवाको एक लजमा बलात्कार गरको जनाएको छ । घटनामा संलग्न अन्य आरोपित फरार रहेकोले गिरफ्तार व्यक्तिलाई पनि प्रहरीले सार्वजनिक गरेको छैन । काठमाण्डौ-मलंगवा चल्ने एक रात्रीबसका कण्डक्टरले काठमाडौँ तिलगंगा आँखा अस्पतालमा आँखा परीक्षण गर्न आएकी पीडित बालिकालाई मङ्सिर १६ गते राती काठमाडौँबाट मलंगवा ल्याएका थिए । कण्डक्टरले मलंगवास्थित एक लजमा राखेर बलात्कार गरेको र पछि उनले ती बालिकालाई ७-८ जनाको समूहलाई जिम्मा लगाएको प्रहरी जनाएको छ । सामुहिक बलात्कारपछि बेहोस अवस्थामा पुगेकी पीडितलाई जिल्ला अस्पतालमा स्वस्थ्य परीक्षण तथा उपचार गरी महिला तथा बालबालिका कार्यालयको संरक्षणमा राखिएको छ । कानूनी कारबही प्रक्रिया अगाडि बढाउन बालिकाका अभिभावकलाई मलंगवा बोलाईएको जिल्ला प्रहरी कार्यालयले जनायो । विदुरकुमार प्याकुरेल

0 Comments

Related Reports
Related Trend Analysis