Incident Reports

धनुषा विष्फोट : प्रहरीले छोएलगत्तै पड्कियो बम, तीन जनाको मृत्यु

2019-12-13

Madhes, Dhanusha, Chhireshwornath, Ward 5

२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटिका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो ।

बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, घर धनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । विष्फोटमा राजेशका एक छोरा, एक छोरी र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा शंकास्पद बस्तु रातो रंगको झोलामा झुण्ड्याएको देखिन् । उनले यो कुराको जानकारी आफ्ना पति राजेशलाई गराइन् । राजेशले तत्कालै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । केहीबेरमै प्रहरी निरीक्षक अमिर दाहाल नेतृत्वको टोली आयो ।

प्रहरी निरीक्षक दाहालले झोला छुँदै ‘केही होइन’ भनेलगत्तै विष्फोट भएको भिखारीको भनाइ छ । घटनामा ज्यान गुमाएका राजेशका पिता भिखारी साहले भने, ‘प्रहरी निरीक्षक दाहाल आफैंले झोला छोएको केही सेकेण्डमै शक्तिशाली बिष्फोट भयो, सायद सेनाको टोलीलाई बोलाएको भए, यो क्षति हुने थिएन ।’


यो घटनामा बम छोएका प्रहरी निरीक्षक दाहाल, घरधनी ४५ वर्षीय राजेश साह र साहका १५ वर्षीय छोरा आनन्दको ज्यान गएको छ । साहका १४ वर्षीय कान्छा छोरा प्रेम साह, छोरी अञ्जली साह र ७० वर्षीय बुवा भिखारी साह घाइते भएका छन् ।

घाइतेमध्ये भिखारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ भने बाँकी सबैलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रेम, अञ्जली र प्रहरी जवान महतोको अवस्था गम्भीर छ ।

बम कसले राखेको थियो ? भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । ‘यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले भने, ‘बम राख्ने समूहको खोजी पनि भइरहेको छ ।’

मृतक आनन्द साह औषधि व्यवसायी थिए । उनी महेन्द्रनगरमा औषधि व्यवसाय सञ्चालन गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनी व्याजमा रकम समेत लगानी गर्दै आएका थिए । उनीसँग व्याजमा रकम लिएका व्यक्तिहरुले नै बम राखेको हुन सक्ने आशंका गरेपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

 

 घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हंसपुर नगरपालिका २, बघचौडाकी ललितादेवी महरा, सीतादेवी महरा एवं मिथिलाविहारी नगरपालिका १, भुतही पटेर्वाका रामशोभित दाहाल पक्राउ परेका हुन् । पक्राउ परेकाहरू नेत्रविक्रम चन्द समूहमा संलग्न रहेको प्रहरीको आशंका छ । प्रहरीले विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली खटाएको छ ।

संखुवासभाको मादी नगरपालिका घर भएका ४५ वर्षीय प्रहरी निरीक्षक दाहाल ०५५ कात्तिक १ गते प्रहरीमा भर्ना भएका थिए । उनी असईबाट प्रहरीमा प्रवेश गरेका थिए । ०७५ मा प्रहरी निरीक्षकमा बढुवा भएपछि उनी रौतहटको चन्द्रनिगाहपुर, धनुषाको धनुषाधाम हुँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगर आएका थिए ।

दाहालको शनिबार काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Killed 3
Youth Killed 1
Total Injured 4
Female Injured 1
Youth Injured 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa , Local Newspaper - Sunsari

0 Comments