Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितहरू छुटाउन कांग्रेसद्वारा प्रदर्शन

2019-12-13

Madhes, Saptari, Rajbiraj

यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार शम्भुनाथ नगरपालिकाका–१२ का वडा अध्यक्ष ४५ वर्षीय लक्ष्मी साह, सोही ठाउँका ४० वर्षीय अनिल राय र ३५ वर्षीय नसिम मियाँको रिहाईका लागि नेपाली कांग्रेस सप्तरीले मङ्सिर २७ गते राजविराजमा विरोध प्रदर्शन गरेको छ ।

जबरजस्ती करणी उद्योगको आरोपमा गिरफ्तार आरोपितहरू निर्दोष रहेको भन्दै कांग्रेस सप्तरीले जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवको नेतृत्वमा प्रदेश सभा सदस्य मो. समिमसहित निक्लिएको जुलुसले राजविराज नगर परिक्रमा गरी ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा आरोपितहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ । कांग्रेस पार्टीले घटनाको सुक्ष्म अनुसन्धान गर्दा आरोपितहरू निर्दोष रहेको दावी गरेको छ ।

राजनीतिक प्रतिशोधको भावनाले नियोजित तरिकाले आफ्नो कार्यकर्ता फसाइएको दावी गर्दै कांग्रेस सप्तरीका सभापति यादवले सत्यतथ्य छानबिन नगरी झुठो उजुरीकै आधारमा प्रहरीले मुद्दा दर्ता गरेकोमा खेद व्यक्त गर्नुभयो ।

यौन दुर्व्यवहारको आरोपमा प्रहरीले वडा अध्यक्ष साहसहित सोही ठाउँका राय र मियाँलाई गिरफ्तार गरी मङ्सिर २५ गते जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेको जनाएको छ ।

गाउँमा उत्पन्न विवाद मिलाइदिने बहानामा मङ्सिर १२ गते ३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वडा अध्यक्षसहित तीन जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएको एसपी कृष्ण प्रसाईले बताउनु भयो ।

पीडित महिलाको १६ वर्षीय जेठो छोरा र २३ वर्षीया विवाहिता महिलाबीच प्रेम सम्बन्ध रहेकाले विवाह गर्नुपर्ने गाउँलेको दबाब अस्विकार गर्दै आएकी पीडितलाई छलफल गरी मिलाइ दिने भनी बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छिन् ।

कांग्रेस सप्तरीले आरोपितहरूलाई निर्दोष ठहर गर्दै तत्काल रिहा नगरे आमरण अनसन समेत बस्ने चेतावनी दिएको छ ।

एसपी प्रसाईले घटनाको अनुसन्धान भइरहेको र उजुरी समेत दर्ता भएकाले कानुन बमोजिम हुने बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments