Incident Reports

माछाको जालमा शिशुको शव फेला

2019-12-14

Madhes, Saptari, Rupani, Ward 3

सप्तरी- सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ।

तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइले बताए।

Update: नवजात शिशु जन्माएर फालेकी महिला पक्राउ

सप्तरी प्रहरीले जिल्लाको रुपनी गाउँपालिका वडा नं.३ की २५ वर्षिया एक महिलालाई नवजात शिशु जन्माई फालेको घटनामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नवजात शिशू जन्माई मारी फालेपछि उनलाई पक्राउ गरी । अनुसन्धान सुरु गरिएको छ ।

यस्तै सो घटनामा रुपनी गाउँपालिका वडा नं. ३ बस्ने अरबिन्द कुमार चौधरी समेतको संलग्नता रहेको भन्दै कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ । यता अरबिन्द भने फरार रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments