Incident Reports

स्थानीयको कुटपिटबाट बलात्कार प्रयासका आरोपितको मृत्यु l

2013-12-10

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling एक १९ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा स्थानीयवासीको कुटपिटबाट घाइते भएका जालपा गाविस-४ का ३५ वर्षीय रवि राईको मङ्‌सिर २५ गते मृत्यु भएको छ । छिमेकीको जन्ती गएका रविले मङसिर २४ गते राति विवाह घरको भान्सामा सुतिरहेकी महिलालाई बलात्कार प्रयास गरेपछि पीडितका आफन्तले प्रतिकार गर्दा घाइते भएका थिए । स्थानीयको प्रतिकारको क्रममा घाइते भएका रविको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारका लागि सदरमुकाम दिक्तेल ल्याउँद गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्स्पेक्टर दुर्गाराज रेग्मीले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । आक्रमणमा संलग्नहरूकोबारे केही खुलाइएको छैन । उनिहरू हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताए । उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis