Incident Reports

घरेलु हिंसाका आरोपित गिरफ्तार

2019-12-13

Karnali, Dolpa, Jagadulla, Ward 1

जगदुल्ला गाउँपालिका–१ हुरीकोटकी ४५ वर्षीया जयरुपा रोकायालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति जयमान रोकायालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

पीडित जयरुपालाई आरोपित रोकायाले मदिरा सेवन गरेर मङ्सिर २८ गते हिउँ परेको दिनमा अर्काको घरमा किन बस्न गएको भन्दै कुटपिट गर्दा पीडितको दायाँ हातको पाखुरा भाँचिनुका साथै टाउकोमा गहिरो चोट लागेको छ ।

घटनापछि पीडितका भाइ धनरुप महताराले मङ्सिर २८ गते प्रहरी चौकी, काइगाउँमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको प्रहरी चौकी, काइगाउँले जनाएको छ ।

सो प्रहरी चौकीका इन्स्पेक्टर धनसिंह पुजाराले कुटपिटबाट घाइते जयरुपालाई थप उपचारका लागि मङ्सिर २९ गते बिहान हेलिकप्टरमार्फत् नेपालगन्ज लगिएको जानकारी दिनुभयो ।

विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments