Incident Reports

बच्चा अपहरण तथा बन्धक बनाएको अभियोगमा पक्राउ

2019-12-15

Bagmati, Kathmandu, Tokha, Ward 9

काठमाडौं, ४ पुस    

३ जना बालबालिकालाई अपहरण गरी बन्धक बनाएको अभियोग गोरख, गोरखा नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २८ वर्षीय बिनोद थापा मगर समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालबालिकालाई अपहरण गरी ३ लाख रुपैयाँ फिरौति माग गरेको भन्ने सूचानाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं टोखा नगरपालिका-९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ भित्र बच्चाहरुलाई वन्धक बनाई राखेको अवस्थामा फेला पारी मगर र होटल संचालक समेतलाई पक्राउ गरेको हो ।        

ती बालबालिकाकी आमाले मंसिर २८ गते वच्चाहरुलाई सामाखुसीस्थित कोठामा आफन्तले रेखदेख गर्ने गरी छाडेर आफू काम विशेषले पोखरा गएकी थिइन् । त्यसपछि मंसिर ३० गते कैलाली धनगढी घर भएका  काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापतीले तिम्रो ममीले तिमीहरुलाई होटलमा लगी राख्नु भनेको छ भन्दै  स्कुल जान लागेको वच्चाहरुलाई काठमाडौं टोखा नगरपालिका-९ शान्तिटोलस्थित होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा लगेर बन्धक बनाई राखेका थिए । बच्चाहरुलाई बन्धक बनाई सकेपछि सिजापतिले मंगलवार बच्चाहरुकी आमालाई बच्चाहरुकै नम्वरबाट फोन गरी तिम्रो छोराछोरी मेरो कव्जामा छन्, ३  लाख रुपैयाँ फिरौति दिएमा मात्र पठाउँछु भनि फोन गरेका थिए । पीडितले आशिष चिनजानकै मान्छे भएको र बच्चाहरुले पनि मामा साईनो लगाउने हुँदा विश्वास नगरी बुधबार आफैं काठमाडौं आई हेर्दा छोराछोरी फेला नपरे पश्चात बच्चाहरु अपहरणमा परेको भनेर महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएकी थिएन् । पक्राउ परेका मगरलाई सोधपुछको क्रममा आशिष सिजापति मंगलबार काठमाडौंबाट २ जना व्यक्तिहरुलाई अपहरण गरेको सम्बन्धमा मकवानपुर हेटौंडामा पक्राउ परेपछि बच्चाहरुको रेखदेखको लागि थापा मगरलाई राखेको अनुसन्धानको क्रममा खुल्न आएको छ । मगर उपर अपहरण तथा शरीर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 3
Female Abducted 2
Youth Abducted 1
Police website , National/Online Media , INSEC

0 Comments