Incident Reports

बिप्लवका ६ जना विद्यार्थी नेता पक्राउ

2019-11-26

Sudurpashchim, Darchula, Mahakali

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका छ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

भारतले नेपालको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारी सेती महाकाली विद्यार्थी क्षेत्रीय समन्वय समितिले दार्चुलाको सीमा नाकामै प्रदर्शन गर्ने तयारी गरेको थियो। त्यसका लागि केन्द्रीय सचिव सन्तोषी भट्टराई, सेती महाकाली विद्यार्थी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहलगायत विद्यार्थी नेता दार्चुला पुगेका थिए ।

सदरमुकाममा रहेका महेन्द्र नमुना उच्च मावि, दार्चुला बहुमुखी क्याम्पस र छन्ना तिङ्करी कन्या माविबाट प्रदर्शनका लागि विद्यार्थी जम्मा गरेर र्याली निकाल्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । सो क्रममा उनीहरू बसेको होटलमा छापा मारेर झोला, मोबाइल लगायतका सामाग्री पनि प्रहरीले जफत गरेको विप्लव निकट विद्यार्थी नेता बबरजंग सिंहले बताए ।

राष्ट्रियताको पक्षमा आवाज उठाउनेका लागि आयोजना गर्न लागिएको कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेको सिंहले आरोप लगाए। प्रहरीले भने विप्लव समूहमाथि प्रतिबन्ध लगाइएका कारण पक्राउ गरेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments