Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-04

Bagmati, Lalitpur, Godawari, Ward 8

४३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुर जिल्ला गोदावरी नगरपालिका–८, डुकुछापका ५० वर्षीय विष्णु बुढाथोकीलाई २०७६ पुस २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले २०७६ पुस १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले पुस २३ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिनु भएको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा आरोपितलाई  गिरफ्तार गरी जबरजस्ती करणी उद्योगमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी सन्तोस तामाङले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २३ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments