2020-01-26
सल्यान जिल्लाको दुई स्थानका एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ।
बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ स्थित देउली र शारदा नगरपालिका वडा नम्बर १३ स्थित लेखटाकुरामा रहेको एनसेलको टावरमा आगजनी भएको हो।
गजनीबाट जेनरेटर र बिटिएसको तारमासमेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
आगजनी आइतबार राति भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले सरकारद्वारा प्रतिबन्धित समूह विप्लवका कार्यकर्ताले उक्त आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गरे।
उनले दुई वटै टावरमा गरिएको आगजनीका घटना लगभग एउटै प्रकृतिको भएको जानकारी दिए। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Education sector/teachers (private and public) |
Actor 2 - Youth | na |