Incident Reports

सल्यानमा युवतीको हत्या

2020-02-14

Karnali, Salyan, Tribeni, Ward 1

सल्यानमा वालिकाको हत्या गरिएको छ । शुक्रबार राति काभ्रा गाउँपालिका वडा नं. १ तल्लो काभ्राकी अन्दाजी १७ वर्षीया कविता बोहराको हत्या गरिएको अबस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाका अनुसार कविताको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बाएको छ ।

परिवारका अनुसार शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिईन् । त्यसपछि सबै घरपरिवार सुते । राति १ बजेतिर कविताका भतिजाले बिरामी भएर बमेड गर्दा सबै बिउझिए ।

त्यसपछि सबै परिवारहरु कवितालाई उठाउन उनको कोठामा गए ।
तर उनी कोठामा भेटिईनन् । उनको खोजी गर्दा घर नजिकैको गाइबस्तु बाँध्ने आगनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Banke , National/Online Media , Local Newspaper - Rupandehi

0 Comments