Incident Reports

प्रतिबन्धित नेकपाकाे म्याग्दी जनपरिषद प्रमुख गिरफ्तार

2020-02-21

Gandaki, Myagdi, Malika, Ward 3

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी जनपरिषद प्रमुख मालिका गाउँपालिका–३, आदिवागका ५६ वर्षीय जगेन्द्रबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जगेन्द्रलाई उहाँकै घरबाट ०७६ फागुन ०९ गते राति ईलाका प्रहरी कार्यालय दरवाङका इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारी नेतृत्वको टोलीले  गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाको एनसेलको टावरमा भएको आगजनी, जनप्रतिनिधिहरुलाई धम्की तथा चन्दा माग गर्ने तथा निर्माण व्यवसायका उपकरणहरुमा आगजनी गरेको विषयमा केन्द्रित भएर अनुसन्धान थालिएको इन्स्पेक्टर शर्माले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kaski

0 Comments