Incident Reports

कुटपिट गरी घरमा बस्न नदिएको भन्दै पति विरुद्ध उजुरी l

2014-01-12

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota भरतपुर नपा-५ घर भएकी २३ वर्षीया देवी कुमाललाई पति २६ वर्षीय गणेश कुमालले कुटपिट गरी घरमा समेत बस्न नदिएको भनी पीडितले पुस २८ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालीका सेवा केन्द्रमा उजुरी दिइन् । आफूलाई पतिले मादक पदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने गरेको र खानलाउन नदिएकोले बिगत चार वर्षेखि माइती बसेर पुनःघर आउँदा कुटपिट गरी घरबाट निकालेको भनि उनले प्रहरीमा उजुरी दिएकी छन् । आफू र आफ्ना दुई छोराहरुलाई खान लाउनको व्यवस्था सहित अधिकार दिलाइदिन भन्दै प्रहरीमा आएकी पीडित बताइन् । आरोपितलाई प्रहरी कार्यालयमा झिकाई पाउँ भनि वडा प्रहरी कार्यालय नारायणगढमा पत्र पठाएको महिला सेलका अर्सइ शान्ता पण्डितले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis