Bipin Gautam
बसविट्टी जिंगडिया गाविस-५ की ४७ वर्षीया मेघीयादेवी रामलाई उनकै जेठो छोरा २५ वर्षीय सुरेस रामले गालि बेइज्जती गरी मानसिक यातना दिएको आरोपमा पीडितले माघ ६ गते साँझ प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराइन् ।
आरोपित रामले आमा मेघीयादेवीलाई घरमा बिजुलीको लाइन ल्याएको विषयमा सोही दिन अपशब्दहरु बोल्दै गाली बेइज्जती गरी आफूलाई मानसिक यातना दिएकाले उजुरी दिन आएको पीडितले बताइन् ।
बालबालिका सेवा केन्द्रले माघ ६ गते पीडितको उजुरी घरेलु हिंसा अर्न्तर्गत दर्ता गरी छलफलको लागि आरोपितलाई माघ ८ गते उपस्थित हुन पत्र पठाइएको निमित्त इन्चार्ज अर्सइ राजकिसोर यादवले बताए । बिपिन गौतम