Incident Reports

विष्फोटक पदार्थसहित विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

2020-05-05

Province 1, Ilam, Mai, Ward 9

इलाम- ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् ।

इलामको माई नगरपालिका–९ बोरुङमा ठुलो परिमाणमा विष्फोट पदार्थसहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको विशेष सुराकीका आधार शसस्त्र प्रहरी समेतको टोलीले सोमबार राति ११ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय बर्षिय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामग्री सहित पक्राउ गरेको इलामका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।

पक्राउ परेका तीनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपुर्‍याइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments