Incident Reports

रड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-05-05

Province 1, Morang, Belbari, Ward 11

मोरङ, २३ वैशाख    आफ्नै भिनाजु नाता पर्नेलाई रड प्रहार गरी घाइते बनाएको अभियोगमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग बस्ने २९ वर्षीय मनु लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा मनुले आफ्नै भिनाजु नाता पर्ने ४० वर्षीय पुरुषलाई फलामको रड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports