Incident Reports

विप्लव नेतृत्वको नेकपा चितवनका सेक्रेटरी सुबेदी पक्राउ

2020-05-05

चितवन :  प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको चितवन प्रहरीले १२ घण्टा नबित्दै नेकपाकै अर्का नेतालाई चितवनबाट गिरफ्तार गरेको छ ।प्रहरीले नेकपा चितवनका सेक्रेटरी बिजय शर्मा नामले परिचित दुर्गा सुबेदीलाई केही बेर अघि पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुसार घरमा खान खान आएका सुबेदीलाई चितवन सादा पोशाकका प्रहरीले पिछा गर्दै आएको र उनीहरुले नै समातेर लगेको जानकारी दिए । यता चितवन प्रहरी श्रोतले सुबेदीलाई पक्राउ गरेको पुष्टि गरेको छ । चितवन प्रहरीले उनलाई प्रहरी हिरासतमा राखीसकेको प्रहरी श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिदै लकडाउनको कारण आफ्नै घर नजिक आएका बिप्लवका कार्यकर्ताको निगरानी बढाईएकोले सुबेदीलाई पक्राउ गर्न सफल भएको दाबी गरेको छ । 

 

 

 

 

 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments