Incident Reports

धरान ३ मा सानो विवादमा आफ्नै दुई साथीलाई खुकुरी प्रहार गर्ने एक युवा पक्राउ

2020-05-05

Province 1, Sunsari, Dharan, Ward 3

धरान (२०७७-०१-२४) – हिजो मंगलबार राती करीब साढे ८ बजेको समयमा धरान–३ भृकुटी पाखामा दुई युवा माथि खुकुरी प्रहार गर्ने विजय तामाङलाई पक्राउ गरिएको छ ।  मोबाइल ज्याकेटी राखेको विषयमा भएको विवादमा विजयले दुई युवामाथी खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार खुकुरी प्रहार गर्दा सोही स्थानका २५ वर्षीय उत्तम तामाङको कम्मरको पछाडिको भागमा र २४ वर्षीय सन्दीप तामाङको दायाँ छाती र बाँया कम्मरमा चोट लागेको थियो ।  सामान्य घाइते बनेका उत्तमलाई विजयपुर हस्पिटलमा उपचारका लागि पठाई उपचारपछि डिस्चार्ज भइसकेका छन् । त्यस्तै घाइते सन्दीपलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार पछि डिस्चार्ज गरिसकिएको छ । घटनामा संलग्न विजय र घाइते तिनै जना विद्युत् मर्मतको काम गर्ने गरेका थिए । नियन्त्रणमा आएको विजयलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको डिएसपी न्यौपानेले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports