Incident Reports

घरायसी विवादमा श्रीमतीको हत्या

2020-05-09

Bagmati, Chitawan, Khairahani, Ward 9

२८ वैशाख, चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका-९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

परीक्षणका लागि मृतकको शव भरतपुर अस्पताल ल्याइएको छ । उनका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् । घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments