Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-05

Bagmati, Kathmandu, Kathmandu

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख २४ गते भारतीय नागरिकलाई गिरफ्तार गरेको छ  ।

भारतको मोतिहारी स्थायी घर भएका ४६ वर्षीय एक पुरूषलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले काठमाडौँ जैसीदेवलबाट गिरफ्तार गरेको हो ।

पीडितलाई आरोपितले आफ्नै घरमा बलत्कार गरेको पीडितको उजुरीमा खुलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताउनु भयो ।

पीडितले वैशाख २३ गते प्रहरीमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरिएको थियो । आरोपितले यसअघि पनि पटक पटक बलात्कार गरेको पीडितले उजुरीमा उल्लेख गर्नुभएको छ । पीडितको स्वास्थ्य परीक्षण प्रसूती गृह थापाथलीमा वैशाख २४ गते गरिएको र अस्पतालको रिपोर्टले पीडितमाथि बलात्कार भएको देखाएको प्रहरीले जनाएको छ ।

विमला पाैडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Vehicles 0-
INSEC

0 Comments