Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-07

Province 1, Morang, Pathari Shanishchare, Ward 8

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पथरीशनिश्चरे नगरपालिका–८ का ४८ वर्षीय राजन लिम्बूलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले घटना बारेमा कसैलाई भने मार्ने धम्की दिएको र बालिकाले कसैलाई नभन्दा घटना ढिलो गरी प्रहरीकोमा आएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीप गिरीले बताउनुभयो ।

आरोपितले ६ महिना अघिदेखि धम्की दिएर बलात्कार गर्दै आएको बालिकाको भनाइ छ । पीडित पक्षले आरोपित विरूद्ध वैशाख २५ गते इलाका प्रहरी कार्यालयमा पथरीमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी गिरीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख २५ गते गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा बालिका ६ महिनाकी गर्भवती भएको खुलेको छ ।

पीडित बालिकालाई हाल ओरेक नेपाल विराटनगरमा राखिएको छ ।

नेत्रप्रसाद अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments