Incident Reports

तीनवटा एक्साभेटरमा आगो लगाएको आरोपमा विप्लवका दुई कार्यकर्ता पक्राउ

2020-05-09

Province 1, Morang, Miklajung, Ward 1

मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा सडक निर्माणमा प्रयोग भएका तीनवटा एक्साभेटरमा आगजनी र बम विष्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

मोरङको रतुवामाई नगरपालिका ८ घर भएका ४० वर्षीय लक्ष्मण न्यौपाने र केराबारी गाउँपालिका ६ का ३८ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए। उनीहरु नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता भएको दाबी प्रहरीले गरेको छ।  

गएको ५ माघमा मोरङको किसानचो-टाँडी–रमिते सडक निर्माणमा प्रयोग गरिएको बा ३ क ४०१२, को १ क ३०३० र बा ३ क ३५४२ नम्बरको एक्साभेटरमा बम विष्फोटसहित आगजनी भएको थियो। 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक सुवास राईको नेत्रृत्वमा खटिएको टोलीले न्यौपानेलाई  शनिबार राति रतुवामाईबाट पक्राउ गरेको हो। बस्नेत भने धरानबाट केही दिन अघि नै पक्राउ परेका थिए।

उनीहरुलाई आगजनी र बम विष्फोट मुद्दामा अनुसन्धान अघि बढाइएको डिएसपी राईले जानकारी दिए। स्काभेटरमा आगजनीपछि लामो समयसम्म रोकिएको सडक निर्माणको काम एक महिना अघिदेखि पुनः सुरु भएको छ। घटनामा आठ जनाको सहभागिता रहेको र उनीहरु सबै विप्लवका कार्यकर्ता भएको प्रहरीको भनाई। ‘फरार सबैको खोजी तीब्र पारेका छौँ,’ डिएसपी राईले भने। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments