Incident Reports

लकडाउनका समयमा आन्दोलन गरेको आरोपमा दुई जना गिरफ्तार

2020-05-10

Province 1, Ilam, Illam

भारतले गरेको सीमा अक्रिमणको विरोधमा उत्रिएका नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी र नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ ।

सदरमुकामस्थित चोकबजारमा विरोध सभालाई सम्बोधन गर्दैगर्दा प्रहरीले वैशाख २८ गते साँझ गिरफ्तार गरेको हो ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक विस्तार गरेको विरोधमा कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र नेपाल तरूण दलले विरोधका कार्यक्रम गरेका थिए ।

लकडाउनका बेला आन्दोलनको कार्यक्रम गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउनु भयो ।

कोकिला ढकाल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments