Incident Reports

नेपाली भूमि अतिक्रमणविरुद्ध बुटवलमा प्रदर्शन 

2020-05-11

Lumbini, Rupandehi, Butwal

तिलोत्तमा — मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा बुटवलमा विरोध प्रदर्शन गरेको छ । समाजले बुटवलको अस्पताल लाइनमा सोमबार दिउँसो सवा २ देखि पौने ३ बजेसम्म सामाजिक दूरी कायम गरी प्ले कार्डसहित प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले लिपुलेक सडक निर्माण तत्काल रोक्नुपर्ने र लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर्न नेपाल सरकारले ठोस पहल गर्नुपर्ने बताए । कुनै पनि देशको राष्ट्रियता,अखण्डता, एकता र सद्भावमा अर्को देशले खलल पुर्‍याउने गतिविधि अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा हुने उनले बताए । विरोधमा सहभागीले लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, भारतीय सेना कालापानीबाट फिर्ता गरजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रकाशित : वैशाख २९, २०७७ १८:३७

विरोधमा सहभागीले लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहित नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, भारतीय सेना कालापानीबाट फिर्ता गरजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments