Incident Reports

बलात्कार प्रयास  घटनाका आरोपित गिरफ्तार

2020-05-11

Lumbini, Dang, Gadhawa, Ward 6

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–६ का २६ वर्षीय सन्देशसिंह ठकुरीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।

पीडित वैशाख २९ गते पसलबाट घर फर्किदै गर्दा आरोपितले बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको र चौतर्फी विरोध पछि आरोपितलाई गिरफ्तार गरेको थियो । वैशाख ३१ गते इलाका प्रहरी कार्यालय गढवाले उजुरी दर्ता गरेको छ ।

पीडित पक्षले उजुरी दिन इप्रका गढवा पुगेपनि इन्स्पेक्टर भरतसिंह राठौरले लकडाउन समयमा  अदालत नखुल्ने भन्दै उजुरी दर्ता नगरेको आरोप लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले आरोपितलाई गिरफ्तार गरि अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते लमही अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total damaged Buildings 00
INSEC

0 Comments