Incident Reports

हत्याको आरोपमा पति र ससुरा गिरफ्तार

2020-05-10

Karnali, Jajarkot, Barekot, Ward 6

बारेकोट—६ ताँसी निवासी २२ वर्षिया जेनिसा नेपालीको हत्या आरोपमा मृतक जेनिसाका २५ वर्षीय पति अविनाश विक र अन्दाजी ५५ वर्षीय ससुरा दलवीर कामीलाई प्रहरीले जेठ २ गते पक्राउ गरेको छ ।

मृतकका २७ वर्षीय दाजु दलबहादुर नेपालीले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ०७७ जेठ २ गते मृतकका पति, सासु, ससुरा, नन्द र आमाजु दिदीको नाममा किटानी जाहेरी दिनुभएको थियो ।

उजुरीका आधारमा सोही दिन आरोपित व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनु भएको छ । गत २७ वैशाखमा भएको जेनिसाको मृत्यु शंकास्पद र परिवारजनबाट हत्या गरिएको माइतीपक्षको आरोप रहेको श्रेष्ठको भनाई छ ।

प्रहरीका अनुसार वैशाख २८ गते प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा जाजरकोटमा लाशको पोष्टमार्टम गरिएको थियो ।

दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments