Incident Reports

कुटपिटका दुई घटनामा प्रहरीले उजुरी दर्ता नगरेको आरोप

2020-05-06

Madhes, Dhanusha, Bateshwor, Ward 3

बटेश्वर गाउँपालिका–३ बस्ने ३८ वर्षीया महिलाले लकडाउनकै बेलामा देवर सोही ठाउँका ४० वर्षीय विरेन्द्र महतोले वैशाख २४ गते आफुलाई कुटपिट गरेपनि प्रहरी प्रशासनको साथै न्याययिक समितिले समेत न्यायको लागि पहल नगरेको आरोप लगाउनु भएको छ ।

पति वैदेशिक रोजगारीमा रहेको र घरमा साना छोरा छोरी भएकाले आफुमाथि पटक–पटक देवरले कुटपिट गर्दै आएको पीडितको आरोप छ । वैशाख २४ गते देवरले खेतमा लठ्ठी, मुक्का र लातीले  प्रहार गरी शरिरको विभिन्न भागमा कुटेको पीडित महिलाले बताउनु भयो । लठ्ठीले कुटपिट गर्दा लठ्ठी भाँचेको र आफुलाई शरिरको गोेप्य अङ्गमा समेत चोटपटक लागेको उहाँले बताउनु भयो । तिघ्रा, ढाँड र टाउकोमा गहिरो निलडाम अहिलेसम्म रहेको पीडित महिलाले बताउनु भएको छ ।

कुटपिटबाट भएको घाउ निको भएपनि निलडाम परेको ठाउँमा अहिलेसम्म दुखी रहेको पीडित महिलाले बताउनु भयो । पीडित महिलाले सवारी साधान नचलेको अवस्थामा स्थानीय बटेश्वरको क्लिनिकमा उपचार गराइरहेको र हालसम्म ७ हजार रुपियाँ भन्दा बढी खर्च भई सकेपनि घाउ निको नभएको बताउनु भयो ।

घटना लगतै वैशाख २५ गते बिहानै अस्थायी प्रहरी चौकी बटेश्वरमा दिएको उजुरी प्रहरीले अहिलेसम्म दर्ता गरेको छैन, लकडाउनको समय भएकाले गर्दा आफुहरूले घटना दर्ता गर्न नमिल्ने भन्दै घटनाको दिनपछि मात्र प्रहरी घरमा आएको र अहिलेसम्म आफुलाई न्यायको लागि पहल नगरेको पीडितले बताउनु भयो ।

पीडित महिलाले बटेश्वर गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी न्यायिक समिती संयोजक प्रर्मिला देवी सिंह र वडा नं. ३ का वडा अध्यक्ष हिरालाल महतोलाई समेत घटनाबारे जानकारी गराउँदा वडा अध्यक्षले अहिले औषधी उपचार गराउन भनेको बताउनु भयो । पीडित महिलाले आफुलाई न्यायको लागि पहल गरिदिन जेठ १२ गते महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई आग्रह गर्नु भएको छ ।

त्यसैगरी, जनकपुरधाम उमनपा–८ पिडारीचौक बस्ने ३० वर्षीया बविता पुर्वेलाई जेठ ५ गते साँझ कुटपिट गरेको आरोपमा छिमेकी ४० वर्षीय रामनिवास भण्डारीविरुद्ध प्रहरीले उजुरी दर्ता नगरि रिहा गरेको पीडितले आरोप लगाउनु भएको छ ।

ईलाका प्रहरी कार्यालय मुजेलियामा जेठ ६ गते दिएको उजुुरी प्रहरीले दर्ता नगरि आरोपित भण्डारइलाई रिहा गरेको भन्दै पीडित बविताले जेठ १२ गते इन्सेक जिल्ला प्रतिनिधिलाई न्यायका लागि पहल गरिदिनु हुन अनुरोध गर्नु भएको छ ।

जेठ ५ गते साँझ बाटोको विषयमा भएको विवादमा ३० वर्षीय बबिता पुर्बे र उहाँको १८ वर्षीय छोरा राहुल पुर्बेलाई जनकपुरधाम उमनपा–९ बस्ने छिमेकी ३५ वर्षीय शर्मा भण्डारी, ४० वर्षीय रामनिबास भण्डारी र ३८ वर्षीय रामचन्द्र साहले मुक्कासहित इट्टा प्रहार गरि कुटपिट गरि टाउको फुटाएको पीडितले बताउनु भयो ।

जेठ ५ गते रातीनै मुजेलिया प्रहरी चौकीले कुटपिटमा संलग्न रामनिवास भण्डारीलाई गिरफ्तार गरेपनि राजनीतिक दवावमा आएर आफुहरू उपचारकै क्रममा रहेको बेला जेठ ६ गते रिहा गरिएको पीडित महिलाको आरोप छ ।

पीडित महिला र उहाँको छोराको प्रादेशिक अस्पताल जनकपुरमा जेठ ८ गते उपचार भएको छ । कुटपिटबाट टाउको, ढाड, आँखा, छातीमा चोट लागेको पीडितले बताउनु भएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments