Incident Reports

काठमाडौंको लप्सेफेदी–साँखु बजारमा एमसीसी परियोजना विरुद्ध विरोध प्रदर्शन

2020-06-11

Bagmati, Kathmandu, Shankharapur, Ward 3

काठमाडौंको शंखरापुर नगरपालिकामा विभिन्न दलका स्थानीय नेता–कार्यकर्ता सहित स्थानीयबासीले अमेरिकी सहयोग परियोजना एमसिसि खारेजीको माग गर्दैै विरोध प्रदर्शन गरेका छन् । 

बिहिबार शंखरापुर नगरपालिका–३ जहरसिंपौवाबाट साँखु बजारसम्म मोटरसाईकल जुलुससहित विरोध प्रदर्शन गरिएको हो । जुलुसले साँखु बजार परिक्रमा गर्दै भएको कोणसभामा विभिन्न दलका स्थानीय नेताले एमसिसी खारेजीको माग गरेका छन् ।

एमसीसि परियोजना अन्र्तगत प्रस्ताव गरिएको विद्युत प्रशारण लाईनको सवस्टेशन सोही नगरपालिकाको लप्सेफेदी, जहरसिंहपौवामा राख्न प्रस्ताव गरिएको छ । सोको विरोधमा कालो झण्डा बोकेर ¥यालीमा सहभागीहरुले एमसीसी खारेज गर, ब्याक अफ एमसीसी लगायतका नारा लगाएका थिए । कोणसभामा राप्रपाबाट मेयरका प्रत्यासी मिजेन्द्रकाजी श्रेष्ठले एमसीसी परियोजना राष्ट्रघाती रहेको बताए । 

उनले एमसीसी सम्झौताको धारा ३, दफा ३ को च मा नेपालमा भएको बौद्धिक सम्पति अमेरिकाको हुने भनिएको, यस्तै दफा ३ को ८ मा एमसिसिमा भएको खर्चको हिसाव नेपालीले हेर्न नपाउने, एमसीसीले मात्र हेर्न पाउने भनेको बताउदै त्यो नेपालीलाई मान्य नहुने बताए । 

यस्तै धारा ७ को दफा ७ को उपदफा ‘ग’ मा नेपालको कानून बाझिएमा एमसिसि सम्झौता अनुसार हुने भनिएको बताउदै नेपालमा आएर नेपालको कानून नमान्ने भन्दै श्रेष्ठले विरोध जनाए । 

उनले भने, ‘एमसीसी राष्ट्रविरोधी छ । यसबाट नेपालमा आउने विकास रकम भनेको ५ बर्षमा ५५ अर्ब हो । तर यही नेपालमा एनसेलसँग ६२ अर्ब उठाउन बाँकी छ । त्यो रकम उठायो भने एमसीसी चाहिँदैन ।’

उनले नेपाली काँग्रेसको पालामा एमसीसी सम्झौता भएपनि सो सम्झौता पास भएमा स्थानीय कार्यकर्ताले मर्न तयार भएको बताएको उल्लेख गरे ।   विरोध सभामा नेपाली काँगे्रसबाट मेयरका प्रत्यासी शंकर तिवारी, भ्रष्टाचार विरूद्ध राष्ट्रिय अभियान शंखरापुरका रत्नप्रसाद श्रेष्ठ, तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका सूर्य तामाङ र शम्भुप्रसाद चौलागाई लगायतले एमसीसी परियोजनाको विरोध गरेका थिए । 

हेर्नुहोस भिडियो :

  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments