Incident Reports

विस्फोट पदार्थ भण्डारण गरेको भन्दै विप्लव कार्यकर्ता पक्राउ

2020-06-12

Bagmati, Lalitpur, Lalitpur, Ward 11

ललितपुर : कोठा भाडामा लिएर विस्फोट पदार्थ भण्डारण गर्दैआएको भन्दै विप्लव माओवादीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर र काठमाडौँमा कोठा भाडामा लिएर धन्धा गर्दैआएको भन्दै नेत्रविक्रम चन्द विप्लव समूहका डिसिएम श्याम भनी चिनिने सानुराजा बज्राचार्यलाई पक्राउ गरेको हो ।

बज्राचार्य शुक्रबार पाटनको तापाहीटीबाट पक्राउ परेका हुन् । हातहतियार तथा विस्फोटक पदार्थ ओसारपसार गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनको खोजतलास सुरु गरेको थियो । त्यसै क्रममा उनलाई हिजो पक्राउ गरिएको परिसरका प्रवक्ता तुल बहादुर कार्कीले जनाएका छन् ।

ललितपुर महानगरपालिकाको ११ वडा स्थित इखाछेमा बस्दैआएका बज्राचार्यको घरको तेस्रो तल्लामा लुकाइछिपाई राखेको अवस्थामा  ३ थान सजेट बम र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त बम डीस्पोज गर्न एयरपोर्टबाट नेपाली सेनाको ु होल्डीङ युनिटु को टोली आएको थियो । बज्राचार्यलाई नियन्त्रणमा लिइसकेपछि अनुसन्धान गर्दा उनले काठमाडौको तार्केस्वर नगरपालिका ११ नेपालटारमा समेत कोठा भाडामा लिएको देखिएको हो । शनिबार प्रहरीले उनलाई साथै लिएर नेपालटारस्थित कोठा पुगेको थियो । उनको कोठामा भारी मात्रामा थप विस्फोटक पदार्थ लुकाएर राखेको भेटिएको थियो ।

प्रहरीका अनुसार नेपालटार स्थित कोठामा १ थान कटुवा पेस्तोल, बोत्तलको बाहिर टेपले टालिएको स्वीच जोडीएको विस्फोटक पदार्थ ३ थान, हेन्ड ग्रीनेड बनाउन प्रयोग हुने सामान ८५ र त्यस्तै प्रकृतीको  ग्रीनेड बनाउने सामान ९८ थान, विस्फोटक भरीएको सामान ३५ थान, स्टील बल २१ थान लगायत भारी मात्रामा सामग्रीहरु बरामद गरेको जानकारी दिएको छ ।

उनको कोठामा विप्लवको विभिन्न दस्तावेज, पर्चा, पम्प्लेट र बज्राचार्यको राहदानी साथै नागरीकता बरामद गरिएको थियो । राजधानीबाट यति ठूलो परीणाममा विस्फोटक सामग्री समात्न सफल भए पनि घटनाको बारेमा अनुसन्धान गर्दै जाने प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments