Incident Reports

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक गिरफ्तार l

2014-03-16

Sudurpashchim, Kailali, Godawari

Sur Bahadur Pariyar एक १५ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा नवज्योति माध्यामिक विद्यालयका शिक्षक २७ वर्षीय कमल विरही थापालाई चैत १ गते इलाका प्रहरी कार्यालय मालाखेतीले घटनास्थलबाट गिरफ्तार छ । मालाखेती अत्तरिया बजार नजिकै रहेको जंगलमा यौन दुर्व्यवहार गरिरहेको अवस्थामा प्रहरीले शिक्षक थापालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पताल धनगढीमा चैत २ गते भयो । गिरफ्तार थापालाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनायो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis