Incident Reports

कुटपिट घटनाका आरोपित वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी

2020-06-11

Madhes, Mahottari, Gaushala, Ward 11

महोत्तरी जिल्ला गौशाला नगरपालिका–१२ बस्ने ३५ वर्षीय दिपलाल महतो र उनको भाई ३० वर्षीय उत्तिमलाल महतोलाई धनुषाधाम नगरपालिका–९ का वडा अध्यक्ष ४० वर्षीय संजिव यादव, स्थानीय ३५ वर्षीय प्रदिप यादव, ३० वर्षीय मुसिलिम राइन र ३० वर्षीय जित चौधरी कलबारले जेठ २९ गते कुटपिट गरेको आरोपमा पीडित दिपलाल महतोले इलाका प्रहरी कार्यालय ढल्केवरमा जेठ २९ गते उजुरी दिनु भएको छ ।

वडा अध्यक्ष यादव र महतोको धनुषाधाममा सँगै जोडिएको खेत रहेको छ । महतोलाई वडा अध्यक्ष यादवले जग्गा आफुलाई बेच्न पटक पटक दवाव दिँदै आएको महतोले बताउनु भएको छ । वडा अध्यक्षले महतोको जग्गामा मन्दिर निमार्ण गर्न थालेपछि आफ्नो खेत नापी गराउने क्रममा कुटपिट गरि टाउको फुटाएको पीडित दिपलाल महतोको आरोप छ । ज्यान मार्ने उद्देश्यले लठ्ठी भालासहित घरेलु हतियारले आक्रमण गरेको उजुरीमा उल्लेख छ ।

घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर तिर्थराज कार्कीले जानकारी दिनु भयो । घाइतेहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालमा जेठ २९ गते उपचार गरिएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
INSEC

0 Comments

Related Reports