Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-06-11

Lumbini, Rupandehi, Rohini, Ward 4

१४ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–४ का २५ वर्षीय मिलन राजभर विरूद्ध पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडितलाई आरोपितले जेठ २९ गते बलात्कार गरेको भन्दै आरोपितलाई कारवाही गर्न माग गर्दै उजुरी दिएको पीडित पक्षले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले प्रहरीमा आएको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

आरोपित फरार रहेकोले खोजी भइरहेको पनि उहाँले जानकारी दिनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments