Incident Reports

Army Officers Assault Injures Two Locals

2014-03-16

Karnali, Surkhet, Birendranagar

Surkhet,senako kutpitbata dui jana sarvasadharan ghaite. Two locals have been seriously hurt when the army officers including a Captain of Kalidal Battalion assaulted them on March 16 night. Juddha Bahadur Rokay of Birendranagar Municipality-1 and Chandra Bahadur Rawat of Uttarganga VDC-1 were injured in the assault. The army officers are currently in custody at District Police Office. Rawat recalled, “We were coming from Ranighat when the inebriated army personnel including Captain Ujjwal Thapa and Madhav Ghimire attacked us on the road linking Ranighat and Girighat”. The soldiers first attacked Rokay, beat them and threw then off the cliff. When I brought him from the site where he fell, they began attacking me”, Rawat added. Rawat has sustained serious head injuries whereas Rokay has injuries on side of the body, abdomen and legs. Both have been admitted to Deuti Nursing Home after they could not be treated at Regional Hospital and from there to Lucknow, India soon after the incident. Rawat identified two of the attackers as Captain Ujjwal Thapa, Captain Madhav Ghimire and a second lieutenant among the eight army personnel on a vehicle with the number plate Lu 1 A 9374. He said that they threw him from the cliff taking him for dead adding he had no idea who brought him to the hospital or how. The motorcycle the victims were riding was also vandalized by the assaulters. Surya Bahadur Rawat, a relative of the victims demanded stern action against those involved in the incident. He warns of agitation if the action was not initiated against them. The relatives and the villagers had gathered at Bangesimal saying they wanted to take revenge of the attack making police rescue the accused soldiers. Durga Thapa नेपाली सेनाका अधिकृतहरुको कुटाईबाट दुई सर्वसाधारण गम्भीर घाइते भएका छन् । कालीदल गणमा कार्यरत सेनाका क्याप्टेनसहितका अधिकृतको कुटाईबाट वीरेन्द्रनगर नपा-१ का जुद्धबहादुर रोकाय र उत्तरगंगा गाविस-१ का चन्द्रबहादुर रावत गम्भीर घाइते भएका हुन् । कुटपिटमा संलग्न सेनाका अधिकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । रानीघाटबाट फर्कदै गरेका रोकाय र रावतलाई रानीघाट र गिरीघाटको बीच बाटोमा मादक पदार्थ सेवन गरेका क्याप्टेन उज्वल थापा, माधव घिमिरे लगायतको समूहले चैत २ गते राती कुटपिट गरेको थियो । हामीहरु मोटरसाइकलमा रानीघाटबाट आइरहेका थियौं’ घाइते रावतले भने, रानीघाट र गिरीघाटको बीच सडकमा बसेका सेनाका अधिकृतहरुले एक्कासी आक्रमण गरे ।’ सुरुमा सेनाका अधिकृतहरुले जुद्धबहादुरलाई आक्रमण गरेका थिए । उहाँ (जुद्धबहादुर) लाई लात्तीले हानेर भिरबाट खसाले’ रावतले भने, भिरबाट उठाएर सडकमा ल्याउन नपाउँदै मैमाथि आक्रमण सुरु गरे ।’ रावतको टाउकोमा गम्भीर चोट लागेको छ भने रोकायको काखी, पेट, खुट्टालगायतका ठाउँमा गम्भीर चोट लागेको छ । घाइते दुवैलाई क्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि देउती नर्सिङ होममा उपचार गरिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि राति नै भारतको लखनउ पुर्‍याईएको छ । लु.१अ. ९३७४ नम्वरको गाडीमा तीन जना क्याप्टेन उज्वल थापा, माधव घिमिरे र नाम नखुलेका एक, एकजना लप्टन, हवल्दार, दर्जा र नाम नखुलेका अन्य गरेर आठजना थिए । अत्याधिक मदिरा सेवन गरेर मात्तेका सेनाका अधिकारीहरुले बाटोमा जो आयो उसैलाई कुटपिट गर्ने गरेका थिए । मलाई कुटपिट गरेपछि मर्‍यो भनेर भिरबाट खसालेका थिए’ रावतले भने, अस्पतालसम्म कसरी पुगे भन्ने पनि थाहा पाएको छैन ।’ रावत र रोकायले चढेको मोटरसाइकल पनि सेनाका अधिकारीहरुले तोडफोड गरेर चावी नियन्त्रणमा लिएका छन् । पीडितका आफन्तहरुले आक्रमणमा संलग्नहरुलाई कारवाहीको माग गरेका छन् । देशको सुरक्षा गर्ने अधिकारीहरु नै मदिराले मात्तेर सर्वसाधारणलाई कुट्न थालेपछि हामीले कोसँगै सुरक्षा माग्ने -’ पीडितका आफन्त सूर्यबहादुर रावतले भने, कुटपिटमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गरिनुपर्छ ।’ उनले देशको सुरक्षा गर्ने अधिकारीहरु नै कुटपिटमा संलग्न रहेको भन्दै कडाभन्दा कडा कारवाही गरिनुपर्ने बताए । घटनामा संलग्नहरुलाई कारवाही नगरिए कडाभन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं’ उनले भने, रक्षकहरु यसरी जनतालाई कुटपिट गर्ने भक्षकहरुलाई कारबाही हुनुपर्छ ।’ आफन्त तथा गाउँलेलाई कुटेको भन्दै बदला लिनका लागि स्थानीयहरु बाङ्गेसिमलमा जम्मा भएका थिए । प्रहरीले स्थानीयहरुको अवरोध छेल्दै सेनालाई मोवाइल गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो । प्रहरीले घटनाको पुष्टि पनि गरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis