Incident Reports

वडा अध्यक्षको मोटरसाइकल तोडफोड

2020-06-22

Madhes, Dhanusha, Janakpur, Ward 4

जनकपुरधाम उमनपा–४ महाविरचोक स्थित नुनिया कुट्टीको जग्गा विवादको क्रममा हनुमान मन्दिर तोडफोड घटनाबारे जानकारी लिन पुगेका वडा नं. ४ का वडा अध्यक्ष ३८ वर्षीय सुदर्शन सिंहको सरकारी मोटरसाइकलमा असार ८ गते तोडफोड गरिएको छ ।

जनकपुरधाम उमनपा–५ बस्ने ४५ वर्षीय प्रेमबाबु साहले आफ्नो जग्गा अतिक्रमण गरि मन्दिर निमार्ण गरेको भन्दै नुनिया कुट्टीमा निमार्ण गरिएको वर्षौ पुरानो हनुमान मन्दिर लगायतको अन्य संरचनाहरू डोजर लगाएर भत्काएका छन् ।

वडा अध्यक्ष सिंहका अनुसार प्रेमबाबु साहले नुनिया कुट्टीको जग्गामा रहेको भवन र हनुमान मन्दिरमा डोजर लगाएर भत्काइरहेको देखेपछि आफुहरू त्यहाँ पुगेको बताउनु भयो । उहाँले सार्वजानिक जग्गामा निमार्ण गरिएको संरचनामा किन र कसको आदेशमा तोडफोड गरेको भनि प्रश्न गर्दा प्रेमबाबुले आफ्नो सरकारी मोटरसाइकलमा तोडफोड गरेको जानकारी दिनु भयो ।

सार्वजानिक जग्गा र मन्दिरको संरचनामा तोडफोड गरेको भन्दै विरोध गर्ने जनकपुरधाम उमनपा–४ महाविर चोक बस्ने महाविर युवा कमिटीका पुर्व अध्यक्ष ४५ वर्षीय सुनिल कुमार प्रसाद, सोही ठाउँ बस्ने ४० वर्षीय राजा भगत, ३७ वर्षीय महासचिव अजय कुमार गुप्ता र नुनिया कुट्टीका महन्थ ५५ वर्षीय लक्ष्मण महतोलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेकोेमा सोही दिन रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनु भयो ।

प्रहरी बोलाएर बल जवर्जस्ती गर्न थालेपछि स्थानीयले डोजरमा समेत तोडफोड गरेको घटनाका प्रत्यक्षदर्शी स्थानीय युवा अजयकुमार गुप्ताले बताउनु भयो ।

वडा अध्यक्ष सिंहले सार्वजानिक जग्गा र सरकारी मोटरसाइलकमा तोडफोड गर्नेलाई कारवाही गर्नुको साट्टो विरोध गर्नेहरूलाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारवाही गर्न माग गर्नु भएको छ ।

दीपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
INSEC

0 Comments

Related Reports