Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-06-21

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको  आरोपमा लुम्बिनी सांस्कृतिक नपा–४ अमारीका ४५ वर्षीय अखिलेस चाई विरूद्ध पीडितपक्षले असार ७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दर्ता गरेका छन् ।

पीडितलाई आरोपितले असार २ गते  घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको पीडितका दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।  पीडितपक्षको  उजुरीका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर इश्वर कार्कीले जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । इन्स्पेक्टर कार्कीले आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments