Incident Reports

नुवाकोटमा बावुद्वारा आफ्नै ६ वर्षीया छोरीमाथि करणी, आमाको उजुरीपछि प्रहरीले लियो नियन्त्रणमा

2020-06-24

Bagmati, Nuwakot, Likhu, Ward 1

नुवाकोट, १० असार । छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ बाट बाबु प’क्राउ परेका छन् । आफ्नै बाबुद्धारा नुवाकोटमा ६ वर्षीया नावालिका छोरी बलात्कृत भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा ३६ वर्षीय रामे गुरुङ (नाम परिवर्तन) रहेका छन् । छोरीलाई करणी गरेको भन्दै बालिकाकी आमा अर्थात् गुरुङकी श्रीमतीले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अहिले आरोप लागेका बाबुलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

गुरुङले आफ्नै छोरीलाई करणी गरिरहेको अवस्थामा उनकी श्रीमतिले देखेपछि प्रहरीमा खबर गरेकी थिइन् । जिल्ला प्रहरीको टोलीले उनलाई प’क्राउ गरी जबरजस्ती करणी मुद्दामा कारवाही अगाडि बढाएको छ ।

उनलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments