Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-09

Bagmati, Lalitpur, Lalitpur, Ward 14

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला भँगहा नगरपालिका–२ घर भई ललितपुर महानगरपालिका–१४, तिखेदेवलमा डेरा गरी बस्ने ३५ वर्षीय लालबाबु सदालाई ०७७ असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले ०७७ जेठ २७ गते पीडितलाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थान स्थित निर्माणाधीन घरमा पैसा सापटी लिन बोलाई डरत्रास देखाई बलात्कार गरेको पीडितका आफन्तले इन्सेक जिल्ला प्रतिनिधिलाई बताए ।

आरोपित विरुद्ध पीडितका आफन्तले असार ८ गते महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा उजुरी दर्ता गराएका थिए । सोही दिन आरोपितलाई उनकै डेराबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिनु भयो ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments