Incident Reports

नेविसङ्घका कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

2020-06-24

Bagmati, Kathmandu, Kirtipur

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड गर्नुका साथै उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी समेत जलाएको  छ ।

ज्ञापनपत्र बुझाउने भन्दै असार १० गते त्रिवि उपकुलपति कार्यालय, कीर्तिपुर पुगेका नेविसङ्घ कार्यकर्ताले उपकुलपति बास्कोटाको कुर्सीमा आगजनी गर्नुका साथै कार्यकक्षमा तोडफोड गरेको रजिष्टार पेशल निरौलाले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

नेविसङ्घले त्रिविलाई विद्यार्थी प्रतिनिधि बिना सिनेट बैठक आयोजना नगर्न आग्रह गर्दै आएको अध्यक्ष राजिव ढुङ्गानाले बताउनु भयो । “विश्वविद्यालयलाई दलगतभन्दा पनि गुटगत भागबन्डामा लगेर नेकपा कार्यकर्ता भर्ती केन्द्र बनाएकोमा हामीले विरोध गरेका हौ” अध्यक्ष ढुङ्गानाले भन्नुभयो “उपकुलपति नसुध्रिएसम्म समस्याको समाधान नहुने हामीले देखेका छौं ।”

उहाँले अनलाइन कक्षालाई प्रभावकारी बनाउन नसकेर प्रचारबाजी मात्रै गरेकोमा नेविसङ्घले आपत्ति जनाए पनि उपकुलपति बास्कोटालगायतका पदाधिकारीहरूले माग सुन्न नचाहेको बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Weapons Blunt weapon , Fire
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments