Incident Reports

११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गर्ने दाई प्रहरी नियन्त्रणमा

2020-06-29


ओखलढुंगा, २१ असार । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोर (दाई) प्रहरी नियन्त्रणमा परेका छन् ।

नाताले बहिनी पर्ने (काकाको छोरी) ११ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा आइतबार (आज) १७ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही असार १५ गते घरमा कोही नभएको मौका छोपेर ललाईफकाई गरी बालिका (बहिनी)लाई जवरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

आइतबार (आज) मात्रै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त किशोरलाई नियन्त्रणमा लिइएको हो । अहिले उनीमाथि अनुसन्धान भइरहेको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पीडित बालिकाले घटनाको बिषयमा आफ्नो आमालाई बताएपछि उक्त घटना बाहिर आएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Vehicles 00
National/Online Media

0 Comments