Incident Reports

प्रधानमन्त्री ओलीको समर्थनमा भएको प्रदर्शनमा जे देखियो (फोटो फिचर)

2020-07-06

Bagmati, Chitawan, Bharatpur

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ ।

युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको समर्थमा प्रदर्शन गरेका हुन् ।

भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ लगायतका नारा लगाएका थिए ।

शुक्रबार प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा, भक्तपुर र पोखरामा पनि ओलीको समर्थनमा प्रदर्शन गरिएको छ ।

भक्तपुरमा ओलीको समर्थनमा निस्किएको जुलुस





 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
National/Online Media

0 Comments