Incident Reports

प्रधानमन्त्रीको समर्थनमा दाङमा प्रदर्शन

2020-07-08

Lumbini, Dang, Tulsipur

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताले बुधबार घोराहीमा प्रदर्शन गरेका छन्।


‘विदेशीको इसारा’मा प्रधानमन्त्री ओलीलाई हटाउन खोजिएको भन्दै स्वतन्त्र युवा विद्यार्थी अभियानको नाममा नेकपाका नेता तथा कार्यकर्ताहरूले घोराहीमा प्रदर्शन गरेको नेकपा दाङका युवा नेता विवेक श्रेष्ठले बताए।

‘जनम्यान्डेटविपरीत एकाएक प्रधानमन्त्री ओलीलाई हटाउनु खोज्नु ठूलो षडयन्त्र हो,’ श्रेष्ठले सेतोपाटीलाई भने, ‘यसमा देशीविदेशी शक्ति ठूलो खेल भइहरेको हुँदा खबरदारी गर्न प्रदर्शन गर्नु परेको हो।’

प्रदर्शनकारीले ‘आजलाई होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई, देशको मुहार फेर्नु छ,साथी पार्टीभन्दा राष्ट्रमाथि,आई एम विथ केपी ओली, नागरिकता विधेयक पारित गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।

घोराहीको शहिदगेटबाट सुरू भएको विरोध र्‍याली बैंकरोड दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर सभा गरी कार्यक्रम सकिएको थियो।

ओलीको समर्थनमा भएको कार्यक्रममा नेकपा भित्रको पूर्वएमाले खेमाका नेता तथा कार्यकर्ता र केही जनप्रतिनिधिको सहभागिता रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments