Incident Reports

प्रधानमन्त्री ओलीका पक्षमा काठमाडौंका ठाउँ–ठाउँमा प्रदर्शन

2020-07-08

Bagmati, Kathmandu, Kathmandu

प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा बुधबार काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएका छन्।

प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर सडक प्रदर्शन भएका हुन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीका पक्षमा सडक प्रदर्शन भइरहेका छन्।

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच छलफलका लागि भन्दै स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित छ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गरिएको हो।

ललितपुरको लगनखेल काठमाडौंका कलंकी, असन क्षेत्र, चाबहिल, कोटेश्वरलगायत क्षेत्रमा प्रदर्शन गरिएको हो। उनीहरूले ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने, भारतीय दलाल होसियारलगायत नारा पनि लगाएर प्रदर्शन गरेका हुन्।

उक्त प्रदर्शनमा राष्ट्रिय झन्डा बोकेर पनि मानिसहरू भेला भएका थिए। उनीहरूले वैदेशिक हस्तक्षेप स्वीकार नहुनेजस्ता नारा लेखिएका प्लेकार्ड पनि बोकेर प्रदर्शन गरे। 

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागिरहेको र त्यो पूरा नहुने बताएका थिए। उनीहरूले प्रधानमन्त्रीको ‘राजीनामा कसका लागि? नेकपाको स्थायी सरकार जनता चाहन्छन्’ जस्ता नारा पनि लगाएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments