Incident Reports

आयल निगमका कर्मचारी युनियन मुठभेडमा, एक–अर्काविरुद्ध कुटपिट र गालीगलौज गरेको आरोप

2020-07-08

आयल निगममा कार्यरत कर्मचारी युनियनका प्रतिनिधिहरू मुठभेडमा उत्रिएका छन् । बुधबार दिउँसो स्टोर शाखामा सामान लिन गएका अर्थ विभागमातहतका वरिष्ठ सहायक पदमा कार्यरत भैरव रावललाई स्टोर शाखा प्रमुख विकास बखतीले कुटेको आरोप लागेको छ ।  

रावल नेकपा समर्थित निगमको कर्मचारी संघका केन्द्रीय सदस्य हुन् भने स्टोर शाखा प्रमुख बखती कांग्रेस समर्थित निगमको कर्मचारी युनियनका अध्यक्ष हुन् । दिउँसो करिब २ बजेतिर घटना भएपछि दिनभर कार्यालयको कामसमेत प्रभावित हुने गरी दुवै संगठनमा आबद्ध कर्मचारी युनियनका प्रतिनिधि भेला भएर आरोप–प्रत्यारोपमा उत्रिएका थिए ।

घटनापछि नेकपा समर्थित कर्मचारी संघले विज्ञप्ति जारी गर्दै स्टोर शाखा प्रमुख बखतीले रावललाई कुटेको दाबी गरेको छ । संघ महासचिव मधुमास पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको कामको सिलसिलामा फन्ड शाखाका लागि अत्यावश्यक सामग्रीहरू क्रेडिट भौचर, टोनर तथा कार्टिज, फोटोकपी पेपरलगायतका सामानहरू माग फाराम भरी स्वीकृति गराई लिन जाँदा स्टोर शाखा प्रमुख विकास बखतीले भौचर छैन, भौचर उठाउनुपर्दैन ? कोठाबाट बाहिर गइहाल जस्तो अपशब्द प्रयोग गर्दै गर्दा आसार मसान्त आउँदै छ सर, भौचर त चाहिन्छ । 

त्यसो भए म विभागीय प्रमुखलाई यही कुरा जानकारी गराउँछु भनेर रावलले भन्दा बखतीले एक्कासि झम्टँदै गर्धन तथा ढाडमा मुक्का प्रहार गरी घाइते बनाएको कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेकपा समर्थित कर्मचारी संघका प्रतिनिधिले स्टोर शाखा प्रमुख बखतीलाई कारबाही गर्न कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई समेत उजुरी दिएका छन् । त्यतिमा मात्र नरोकिएर उनीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

नेकपा समर्थित कर्मचारीको ठूलो समूह परिचालन भएपछि कांग्रेस समर्थित कर्मचारी युनियनले पनि विज्ञप्ति निकालेर खण्डन गरेको छ । युनियन महासचिव सन्दीप बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युनियनका अध्यक्ष विकास बखतीलाई निगमका कर्मचारी भैरव रावलले स्टोर शाखामा सामान लिन आउँदा केही सामान पछि उपलब्ध हुने र अहिले जति छ लैजान अनुरोध गर्दा निज रावलले जथाभावी अध्यक्षलाई मुख छोडी माथि उजुरी गरिदिन्छु भन्ने धाक, धम्की दिई गाली–गलाैज र अपशब्द प्रयाेग गरेकाेप्रति यस युनियन घोर भर्त्सना गर्दछ ।’

नेकपा समर्थित कर्मचारीले बखतीलाई आवश्यक कारबाही नभए जस्तैसुकै कदम चाल्ने भनेर व्यवस्थापनलाई दबाब बढाएको छ भने कांग्रेस समर्थित कर्मचारीले उपल्लो तहको धाक–धम्की दिएर कामको वातावरण बिगार्ने प्रवृत्ति निरुत्साहित गर्न व्यवस्थापनलाई आग्रह गरेको छ ।

पछिल्लो डेढ वर्षयता दुवै संस्था मिलेर व्यवस्थापनलाई काममा सहयोग गर्दै आएकोमा पछिल्लो घटनाले भने उनीहरूको अराजक प्रवृत्ति पुनः दोहोरिने देखिएको छ । आयल निगमभित्र ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले अनावश्यक विषयमा बखेडा निकालेर व्यवस्थापनलाई विभिन्न समस्यामा धकल्ने पुरानै प्रवृत्ति हो ।

करिब नाै वर्षअघि बोनस वितरण गर्ने निर्णय नगरे घर जान नदिने अडान राख्दै तत्कालीन एमाले समर्थित कर्मचारी संगठनले तत्कालीन कार्यकारी निर्देशक सुरेश अग्रवाललाई कार्यकक्षमै थुनेको थियो । त्यसपछि बाध्य भएर बोनस वितरण गर्ने निर्णय गरेका अग्रवाललाई नियमविपरीत बोनस बाँडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports