Incident Reports

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

2020-07-07

Madhes, Parsa, Birgunj

२५ असार, वीरगञ्ज । आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ लिएको छ ।

वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई दुर्व्यवहार गरेको युवतीले आरोप लगाएकी छन् । आईसीयूमै उपचारका क्रममा मंगलबार राति स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको उनको भनाइ छ ।

बुधबार बिहान भेट्न आएका आफन्तलाई युवतीले तुरुन्तै अस्पतालबाट घर लैजान अनुरोध गरेकी थिइन् ।

पछि आमा भेट्न जाँदा उनले घटनाबारे जानकारी गराएपछि बुधबार बिहानै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

‘आईसीयूमा राख्ने भनेको अनकनसियस बिरामी हो । उहाँमा गाइनोसँगै मृगीको पनि समस्या रहेछ,’ डीएसपी कुँवरले भने, ‘होस नभएको अवस्थामा आरोप लगाउनुभएको हो वा वास्तवमै घटना भएको हो भन्नेबारे सत्य तथ्य बुझ्दैछौं ।’

प्रारम्भिक अनुसन्धानपछि आएको निष्कर्षको आधारमा नै कारबाही प्रक्रिया अघि बढाइने डीएसपी कुँवरले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments