Incident Reports

डडेल्धुरामा हतौडा हानेर युवक मार्न खोज्ने पाँच जना पक्राउ

2020-07-06

Sudurpashchim, Dadeldhura, Ganayapdhura, Ward 2

धनगढी: सोमबार डडेल्धुरामा एक युवकलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका –२ मेलमुडा बस्ने ४५ वर्षीय तेजबहादुर बोहरालाई सोही ठाउँका पाँच जनाले कुटपिट गरी गम्भीर घाइते बनाएका छन्।

प्रहरीले निज तेजबहादुरलाई सोमबार राति करिब साढे ९ बजेतिर ढुंगामुढा तथा हतौडा प्रहार गरेर कुटपिट गरेको आरोपमा वडा नम्बर २ कै ४७ वर्षीय भिमबहादुर बोहरा, २४ वर्षीय रमेश बोहरा, २२ वर्षीय भुवन बोहरा, २० वर्षीय केशव बोहरा र २१ वर्षीय सन्तोष बोहरालाई मंगलबार पक्राउ गरेको हो।

उनीहरुले तेजबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।

पक्राउ परेका पाँचै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports