Incident Reports

धनगढीको कोब्रा बारमा बियरको बोतल प्रहार गर्ने एकजना पक्राउ

2020-07-09

Sudurpashchim, Kailali, Dhangadhi, Ward 1

धनगढी : धनगढीको कोब्रा बारमा बियरको बोतल प्रहार गर्ने एकजना पक्राउ परेका छन्। कैलालीको चुरे गाँउपालिका वडा नम्वर १ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्वर १ बुद्धमार्गमा बस्द्रै आएका २१ बर्षीय गणेश सिंह भन्ने जेनसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनले चुरे गाउपालिका वडा नम्वर १ बस्ने भोज बहादुर बमलाई धनगढी उप–महानगरपालिका वडा नम्वर २ मिलनचोकस्थित किङ कोब्रा बारमा बियरको बोतलले टाउकोमा प्रहार गरेका थिए।  

उनले सोही बारमा भारतको लखिमपुर खिरी बस्ने सल्मान सेलमानी समेतलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको समेत आरोप लागेको छ। उनीमाथि ज्यान मार्ने उद्योग र सार्वजनिक हित विरुद्ध कसुर अपराध मुद्दामा दर्ता भएको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports