Incident Reports

प्रहरीलाई गालीगलौज र धम्की दिने पक्राउ

2020-07-10

Province 1, Morang, Biratnagar, Ward 15

विराटनगर – कार्यमा खटिएकी महिला प्रहरी जवानलाई हातपात र धम्की दिएका एक व्यक्ति शुक्रबार राती विराटनगरबाट पक्राउ परेका छन्।

पक्राउ परेका महानगरपालिका १५ का ३९ वर्षीय राजमी मण्डल सीमा क्षेत्रमा विभिन्न खाद्यान्नको तस्करीमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काको निर्देशनमा मण्डललाई पक्राउ गरिएको हो ।

मण्डल नेपाल भारतको सीमा क्षेत्रमा रहेर रजनीगन्धा, केराउ, मरिच तस्करीमा लाग्दै आएको प्रहरीले जनाएको छ । पछिल्लोसमय सीमाक्षेत्र बन्द र अन्य क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुनथालेपछि मण्डलले कार्यस्थलमा खटिएका प्रहरीलाई तस्करी गर्न सहजताका लागि दबाब धम्की दिँदै आएका थिए ।

मण्डलविरुद्ध प्रहरीले केहीदिन अघि अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो । फरार अवस्थामा रहेका मण्डललाई ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले पक्राउ गरि कारबाही अघि बढाउन हिरासतमा लिएको हो ।

मण्डलले तस्करी नियन्त्रणमा सक्रिय रहेर अवैध सामान वारपार गर्न नदिने प्रहरीलाई अन्यत्र सरुवा गरिदिने र जागिरसमेत खाइदिने धम्की दिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।

प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा असार १४ गतेराति विराटनगर–१६ दरैयाबाट ठूलो परिणामको केराउ बरामद गरेको थियो ।

एक लाख ९५ हजार मूल्य बढीको २ हजार ४ सय २५ किलो केराउ लोड गरिएको को १ त ६२१९ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार सो तस्करीमा समेत मण्डलको हात रहेको छ ।

यसक्रममा प्रहरीले मण्डलले चढ्ने गरेको को.१४ प ६८७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार ट्रयाक्टर नियन्त्रणमा लिने क्रममा मण्डलले मोटरसाइकल सडकमै छाडेर फरार भएका थिए ।

यद्धपी, बिहीबार उनले रानी कार्यालयबाट मोटरसाइकल लैजान प्रयास गरेका थिए । प्रहरी जवान कविता राउतले मोटरसाइकल लैजान नदिएपछि मण्डलले राउतमाथि गालीगलौज र हातपात गरेको प्रहरीको भनाइ छ । घटनापछि प्रहरी जवान राउतले मण्डलविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons Unclear
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports