Incident Reports

हत्या घटनाका आरोपित वडा सदस्य सहित पाँच जना गिरफ्तार

2020-07-11

Madhes, Saptari, Dakneshwori, Ward 2

डाकनेश्वरी नपा–७ ब्रह्मपुर की ५५ वर्षीया मानशेरदेवी मण्डलको असार २७ गते हत्या गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–७ का वडा सदस्य ४० वर्षीय बिरेन्द्रकुमार साहसहित पाँच जनालाई सोही दिन गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा वडा सदस्य साहसहित सोही ठाउँका ३५ वर्षीय कारी साह, ५५ वर्षीय रामप्रसाद साह, २२ वर्षीय धनबिर साह र १५ वर्षीय बालक रहेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका इन्स्पेक्टर धर्मराज मुडभरीले बताउनु भयो ।

मृतकका देवर शत्रुघन मण्डलले दिनु भएको जानकारी अनुसार कुटपिटबाट मृत्यु भएको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी गम्हरियाप्रबाहाबाट खटिएको प्रहरी टोलीले आरोपितहरूलाई गिरफ्तार गरेर इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी लगेको छ ।

पोखरीमा माछा मार्ने विषयमा भएको विवाद साम्य पार्न गएकी मण्डलको टाउकोमा आरोपितहरूले बाँसको लठ्ठीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको मृतकका भतिजा पञ्चनारायण मण्डलले इन्सेक प्रतिनिधिलाई प्रत्यक्ष भेटेर जानकारी दिनु भयो ।

उहाँका अनुसार कुटपिटमा घाइते सोही ठाउँकी ३५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

शवलाई पोष्टमार्टमका लागि असार २७ गते नै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । कुटपिट घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports